लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनमगर “सिजल” ले पदभार ग्रहन गर्नुभएको छ । लुम्बिनी प्रदेशकाे राजधानी देउखुरी सिसनिया मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनले लुम्बिनी प्रदेशका अस्पतालहरुमा बिधुतिय एकीकृत स्वास्थ्य सुचना प्रणालीलाई स्थापना र ब्यवस्थापन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरि सदर गर्नुभएको छ ।
बिधुतिय एकीकृत स्वास्थ्य सुचना प्रणाली लागू भइ प्रभावकारी र ब्यवस्थित कार्यान्वयन भएमा गुणस्तरिय स्वास्थ्य सेवाको सुधार हुनेछ
पहिलो पटक मन्त्रीको जिम्मेवारी लिनुभएका पुनमगरले नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरे बमोजिम स्वास्थ्य सेवामा सर्वव्यापी पहुच पुुुुुुुुर्याउने उद्देश्यका साथ लुम्बिनी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुबाट संचालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको तथ्यपरक अनुगमन तथा मूल्याङ्कन साथै तथ्यांक र यथार्थ प्रमाणमा आधारीत बार्षिक कार्यक्रम/योजना तर्जुमा गर्नकालागि एकिकृत सूचना प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकता अनुसार मन्त्रालय मातहतका निकायहरुवाट प्रदान गरिएका सेवाहरुको एकिकृत रुपमा विद्युतीय अभिलेख तथा प्रतिवेदन तयार गर्न विद्युतीय स्वास्थ्य अभिलेखन प्रणाली स्थापना गरी सबै अस्पतालहरुबाट प्रदान गरीएका सेवामा सेवा प्रदायक र सेवा ग्राहीहरुलाई सेवाको पहुँचमा सहजता पुर्याउनकालागि प्रदेश अन्तर्गतका सरकारी अस्पतालहरुमा एकीकृत सूचना प्रणालीको स्थापना गरी स्वास्थ्य सुचना प्रणालीलाई थप व्यवस्थित एवं सुदृढिकरण गर्ने निर्णयमा सदर गर्दछु ।
पदभार ग्रहण गर्दै स्वास्थ्य मन्त्री पुनले हरेक नागरिकको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिने बताए । साथै प्रदेश सकार मातहतमा रहेका अस्पताल र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकारले ध्यान दिने बताए । प्रदेश भित्र मातृ तथा बालमृत्यदर उच्च रहेको, कडा खालको कुपोषणको समस्या समाधान गर्न सबै निकायसंग समन्वयमा जोड दिनुभएको थियो ।
उहाँले लुम्बिनी प्रदेशको स्वास्थ्यस्तरलाई माथी उठाउनकोलागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सचिव जनार्दन पन्थीले मन्त्रीको गतिलाई सधै साथ दिनका लागि मन्त्रालयहरुका कर्मचारीहरुको तयार रहेको बताउनुभयो । यस्तै स्वास्थ निर्देशक डा. विनोद गिरीले एकीकृत सूचना प्रणाली, मातृमृत्युदर, कुपोषणसँगै लगायतको समस्या रहेको बताउँदै यसको न्यूनिकरणका लागि आफूहरुले मन्त्रीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।