• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाका कक्षा ६-१० सम्मका नेपाली शिक्षकलाई तालिम सम्पन्न ।

रोल्पा २०८१ बैशाख १४ गते शुक्रवार

रोल्पाको माडी गाउँपालिकले कक्षा ६ देखि १० सम्म पढाउने नेपाली शिक्षकलाइ संचालित ३ दिने तालिमको आज समापन गरिएको छ ।

गाउँपालिका स्थित सामाजिक विकास समिति संयोजक ललित घर्तिमगरको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, प्रेस सल्लाहकार बुद्धिमान वलीलगाएको उपस्थिति रहेको थियो । तालिममा गाउँपालिकाका ८ वटा माध्यामिक बिद्यालय र ६ वटा आधारभूत बिद्यालयका नेपाली शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले शिक्षकहरुले आफ्नो सम्पुर्ण ध्यान बिद्यालयमा केन्द्रित गरि अध्यापन गर्न र सवल नतिजा निकाल्न शिक्षकहरूलाई निर्देशन दिनुभयो । तालिमको प्रशिक्षकमा खकेन्द्र घोडासैनी र टंक केसी रहनुभएको थियो ।

कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक कमल प्रसाद खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस