• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्यूठानमा पहिलो संस्थागत सुत्केरी सेवायूक्त सुनिश्चितता गाउपालिका घोषणा

प्यूठान २०८१ जेष्ठ २६ गते शनिवार

प्यूठानको माण्डवी गाउँपालिकालाई  पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका माननिय स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार  पुनमगर ‘सिजल’ को प्रमुख अतिथ्यतामा जिल्लाकै पहिलो संस्थागत सुत्केरी सेवायूक्त गाउपालिका घोषणा गरिएको हो ।


प्रमुख अतिथि स्वास्थ्य मन्त्री माननीय दिपेन्द्रकुमार पुनमगरले” पुर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका सबैको मेहेनतले घोषणा गरिएको हुदाँ यसलाई दिगो र निरन्तरताको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने र मानव स्वास्थ्यमा देखिएका धेरै समस्याहरु खानपान संग सम्बधित भएकोले हामी सबै सचेत रहनुपर्ने धारणा राख्नुभयो ।


उहाले प्यूठानमा छोटो समयमै भिङ्ग्री अस्पताल र प्यूठान अस्पताललाई छैहत्तर लाख बराबरको भिडियो एक्सरे सामान पठाइएको,  ग्रामीण अल्ट्रासाउन्ड मेसीनहरु पठाइसकेको, स्वास्थ्य कार्यालय र प्युठान अस्पताल भवन छिट्टै सुरुहुने बिश्वास दिलाउदै प्यूठान जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको बताउनुभयो ।

प्यूठान जिल्लामा माण्डवी गाउपालिकालाई पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा जिल्लाभित्रका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
  

प्रतिक्रिया दिनुहोस