• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा एमालेबाट निर्वाचित मेयर घुस सहित रंगेहात पक्राउ

सिराहा २०८२ असार ३२ गते बुधवार

नेकपा एमालेबाट निर्वाचित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नगरपालिकामा पूर्ण भुक्तानीकालागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ । अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कल्याणपुर नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार राम पुकार साह तेली ५,८८३ मत ल्याई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस