• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा सबैक्षेत्रमा स्मार्ट बन्नुपर्छ: प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुनमगर

रोल्पा २०८० असोज २९ गते सोमवार

लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्रकुमार पुनमगरले रोल्पा सबै क्षेत्रमा स्मार्ट बन्नुपर्ने अहिलेको आवश्यकता रहेको र त्यसकालागि आफैले अधिकमत प्रयास गर्नु पर्ने बताए।  शिद्ध कैलास मा.वि.मिसीडाँडाँ कोर्चाबाङ रोल्पाको पूर्व विद्यार्थी मञ्चको अभिवावक सचेतना अभियानको उद्घाटन गर्दै वर्तमानमा समयमा राजनीति, सामाजिक, शैक्षिक, आर्थिक, विज्ञान प्रविधिको क्षेत्रमा स्मार्ट बन्न जरुरी रहेको बताएका हुन ।

आज सबै क्षेत्रमा स्मार्ट नहुदाँ देश र स्वयम हामीले समस्या भोगिरहेको  सन्दर्भ औल्याउदै “हामी हरेक कुरामा स्मार्ट हुन जरुरी छ, हामी स्मार्ट भएनौ भने हामी आफ्नो जीवन र देशको भविस्यलाई समृद्धी तर्फ लग्न सक्दैछौँ, स्मार्ट बन्नकालागि राज्य त लागेकै छ हामी आफैले गर्न आवश्यक छ ।”


कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोल्पा प्रदेश “ख” बाट निर्वाचपत दिपेन्द्र कुमार पुनमगरले सबै क्षेत्रको विकासका अधार भनेको शिक्षा नै भएको र शिक्षालाई सबैको सहकार्यमा विकास र गुणस्तरीय शिक्षा प्रदानका लागि लाग्नु पर्ने, आफ्नो तर्फबाट विगतदेखि नै रोल्पाको शैक्षिक सुधारका लागि प्रयास गरिरहेको त्यसकालागि आगामी दिनमा समेत निरन्तर पहल गर्ने प्रविबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस