• एउटै दृष्टि, भिन्न कोण
  • Search

रास्वपा गंगादेवको अधिवेशन सम्पन्न, वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

रोल्पा २०८३ जेष्ठ १५ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गंगादेव गाउँपालिकाको प्रथम पालिका अधिवेशन आज सुखाओडामा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले तिलक राज वलीको सभापतित्वमा ११ सदस्यीय नयाँ पालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिको उप-सभापतिमा पूर्ण कुमारी वली, सचिवमा भिमसेन वली, सह-सचिवमा ललित वली र कोषाध्यक्षमा चुडामणी डाँगी चयन हुनुभएको छ। त्यस्तै समितिको सदस्यहरूमा ललिता विक, रमेश राना, भुपेन्द्र वली, दिल कुमार डि.सी., घनश्याम केसी र कृष्ण बहादुर वली रहनुभएको छ।

यसै गरी अधिवेशनले पार्टीको जिल्ला र प्रदेश प्रतिनिधिहरूको समेत सर्वसम्मत छनौट गरेको छ। जस अन्तर्गत जिल्ला प्रतिनिधिमा निर्मल कुमार केसी, रमेश राना, थलराज केसी र हिमाल मल्ल छनौट हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा चुडामणी डाँगी र डिल्लि बहादुर केसी चयन हुनुभएको छ।

गाउँपालिकामा पार्टीको संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यका साथ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको गाउँपालिका संगठन विभाग प्रमुख डिल्लि बहादुर केसीले जानकारी दिनुभयो। नवनिर्वाचित नेतृत्वले आगामी दिनमा पालिकाभित्र पार्टीका गतिविधिहरूलाई तीव्रता दिने र आम नागरिकका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस