• एउटै दृष्टि, भिन्न कोण
  • Search

समाज ऐरोलीको मासिक बैठक सम्पन्न

२०७५ फाल्गुन २६ गते आइतवार
  • टंक बहादुर बुढा

साथी नेपाल प्रगतिशील समाज ऐरोलीको मासिक बैठक सम्पन्न भएको छ। समाजका अध्यक्ष दिपक बहादुर कठायतको अध्यक्षतामा बसेकाे बैठकले मासिक रकम ,संकलन तथा लगानीका साथ बैठक सम्पन्न भएको हाे।

प्रवासी नेपालीहरुको हक हितको लागि स्थापना गरिएको, समाजले आर्थिक मात्र नभई समाजिक कार्यमा पनि उतिकै प्रभाबकारी भुमिका खेल्नुकाे छ।

नेपालीलाई एक आपसमा संगठित गरी आर्थिक बचत तथा ऋण उपलब्ध गराई एक अर्कालाई मदत गर्नुका साथै बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी नेपाली संस्कृतिलाई बचाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

पाँच सदस्यीय सन्चालन समिति रहेको उक्त समाजकाे अध्यक्ष दिपक बहादुर कठायत, सचिव टंक बहादुर बुढा, कोषाध्यक्ष अनिल बिसि, सहसचिब देव बहादुर खड्का, सहकोषाध्यक्ष लाल बहादुर गोर्खा छन भने ३५ जना साधारण सदस्यहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस