• एउटै दृष्टि, भिन्न कोण
  • Search

विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले बनायाे, मिडिया को-अर्डिनेशन टिम

२०७५ फाल्गुन २७ गते सोमवार

काठमाण्डौ । विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले लेखक, कवि तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा ८ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया को-अर्डिनेशन टिम’ गठन गरेको छ।

अन्तर्राष्ट्रिय सद्भाव समितिको अंग अन्तर्गत गठन गरिएको यस समूहमा इजरायलबाट राम ढुंगाना, डेनमार्कबाट प्रभात किरण रहनु भएको छ। त्यसैगरी यु.के.बाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दिपेन्द्र पोख्ररेल र बेद प्रसाद दवाडी साथै कुवेतबाट दिपक उप्रेती चयन भएका छन्।

नव गठित ‘अन्तर्राष्ट्रिय मिडिया को-अर्डिनेशन टिम’ले पार्टीका गतिविधि र भावी कार्यक्रमहरु स्पष्ट रुपमा बिभिन्न देशमा गठित सद्भाव समूहका सदस्यहरु माझ पस्कने कार्य गर्नेछ। गठित समितिले अन्तर्राष्ट्रिय जगतमा कृयाशील बिभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन राम्रो भूमिका खेल्ने जनाइएको छ।

नेपालमा सु-संस्कृत राजनीतिको राम्रो बिकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीलाई परदेशमा पनि राम्रो सद्भावसंग हेरिन थालिएको छ। बिभिन्न देशका शहरहरु हुँदै गठन भएका देशै पिच्छेका दर्जनौँ सद्भाव समूहहरुमा बिभिन्न पेशा र ब्यवसाय गर्ने प्रबुद्ध नेपालीहरुको चासो बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस