कपाल अस्वाभाविक रूपमा झर्ने भए यसलाई बेवास्ता नगर्नुहोस् । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । यसर्थ, सबैभन्दा पहिले त लामो कपाललाई छोटो बनाउनुपर्छ । यसरी छोटो बनाएर पनि केही हदसम्म बचाउन सकिन्छ ।
– आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । केमिकलयुक्त स्याम्पुको प्रयोग गर्नुहुँदैन ।
– कपालमा चाया परेमा पनि कपाल झर्ने हुन्छ । यसर्थ, कपाललाई चायामुक्त बनाउनुपर्छ ।
– जथाभावी हेयर कलर गर्नुहुँदैन । यसले गर्दा कपाल टुक्रिने र झर्ने सम्भावना बढी हुन्छ ।
– कपाललाई सुक्खा हुन नदिन तेलको प्रयोग गर्न सकिन्छ । यसले कपाल मुलायम हुनुका साथै बलियो बनाउँछ ।
– हेयर स्टाइलका नाममा जथाभावी कपाललाई हानि पु-याउने काम गर्नुहुँदैन ।
– कतिपय अवस्थामा वंशाणुगत गुणका कारणसमेत कपाल झर्ने भएकाले यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।


