एजेन्सी । उत्तर पश्चिम फ्रान्सको एक फार्ममा कुखुराहरू मिलेर स्याल मारिदिएका छन्।
यो अनौठो घटना ब्रिटानीको एक शिक्षालयको फार्ममा भएको हो। तीन हजार कुखुरा भएको उक्त फार्ममा स्याल पसेपछि सयौं कुखुराले सामूहिक आक्रमण गरेका थिए।
‘उनीहरूमा सामूहिक भावना देखियो र चुच्चाले स्याललाई आक्रमण गरे,’ ग्रसचेन कृषि शिक्षालायका कुखुरा पालन प्रमुख पास्कल ड्यानियलले भने।
अर्को दिन फार्मको कुनामा मृत स्याल भेटिएको थियो।
‘स्यालको मुखदेखि घाँटीसम्म चुच्चाले खोपेको घाउ नै घाउ थियो,’ ड्यानियलले भने।