- बिष्णु प्रसाद जोशी
कतिन्जेल हेर्छौ केवल रूप, रंग र शृंगाररु
नारी हितका ठेकेदार हो अब आँखा उघार !
कहिलेसम्म नारीलाई ठान्छौ बिज्ञापन
बुद्धि जाँच,क्षमता जाँच, हेर गुण-संस्कार !
गधा धोएर गाई हुन्न, कति भन्नु कुरा
चाहे जति पाउडर घस, जति नक्कल पार!
दक्ष युवा बिदेशतिर किन नहून् पलायन
अन्धा छन् मेचमाथि, सुतेको छ सरकार !
,
( छान्ना बझाङ्ग : हाल अमेरिका }