• एउटै दृष्टि, भिन्न कोण
  • Search

आफन्तबाटै बेचिएकी सोनालीको, पुरीले गरे उद्धार

२०७६ बैशाख ८ गते आइतवार

सोनाली प्रमोद भट्टको उमेर २१ वर्ष भयो । परिवारको आर्थिक अबस्था नाजुक छ । कलिलो उमेरमै सोनालीले धेरै दुःख, भोग्नु प¥यो । बच्चै देखिका साथीहरु पढ्न जान्छन् । सोनाली भने अरुकै काम गरेर, भोग टानु पर्छ । उनले भनिन् : पढ्ने ईच्छा, धेरै भएपनि के गर्ने, भाग्यले हामीलाई ठग्यो । बुबा आमा जान्ने बुझ्ने छैनन् । सोनालीलाई, एकदिन काकाले राम्रो ठाउँमा काम लगाईदिने बताए । यो खबरले आफु निकै खुसि भएको बताईन । नयाँ ठाँउको काममा, जान पनि राजी भईन । काका र काकीले उनीलाई कामकै सिलसिलामा नेपालको बिरगन्जमा छोडेर र फर्किए ।

भारतको महाराष्ट्र राज्य प्रबनीकी सोनालीले महिनौपछि आफु बेचिएको मेसो पाईन । जीवनमा आफन्तनै कलंक बनेर आए । दिनानुदिन तनाब पढ्न थाल्यो । काम गर्ने मालिकको बचन देखि ब्यबहार समेत नराम्रो लाग्दै गयो । न घर परिवार संग फोनमा कुरा भयो, न राम्रो काम नै गर्नुप¥यो ः सोनाली भन्छिन् । काका काकीले, उनलाई बिरगन्जमा २० हजारमा बेचेका रहेछन् । सोनाली बेचबिखनमा परेको नेपालका लागि, भारतीय दुताबासले जानकारी पायो । दुतावासको जानकारी पछि, उनको उद्धार गरियो । बिरगन्जबाट भारतीय दुतावासको समन्वयमा, नेपाली दुतावास नयाँ दिल्ली ल्याएको दुतावास स्रोतले बतायो ।

सोनालीलाई नयाँ दिल्लीबाट नेपाली दुतावासको सहयोगमा, मुम्बई सम्म नेपाल जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र मुम्बईका महासचिब प्रेमराज पुरीले ल्याए । नयाँ दिल्लीबाट ल्याएर, पुरीले बोरिवलीको पोइसर रेस्कुयु फाउन्डेसनमा बुझाएको जानकारी दिए । नोकरी संगै समाजसेवामा जुटेका प्रेमराज पुरी, मुम्बई र प्रवासी नेपालीहरुका लागि नौलो नाम भने होईन । दैलेख जिल्लाका प्रेमराज पुरीको कर्मथलो मुम्बई बन्यो । यहाँ नोकरी संगै उनी समाजसेवामा पनि उतिनै सक्रृय छन् । प्रवासी नेपालीहरुलाई पर्ने समस्यामा उनी सधै सहयोगी हातहरु फैलाउने काम गरिरहेका छन् । नेपाली कांग्रस निकट प्रवासी संगठन, नेपाल जनसम्पर्क समितिको राजनीतिमा समेत उनको राम्रो स्थान छ । पुरी भन्छनः हामी जहाँ भएपनि, नेपाली समाजको हित हुने काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस