वैतडी । वैतडीको पाटन-६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो ।
महिलालाई हँसिया देखाएको आरोपमा पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनीमाथि कुटपिट गरेको थियो । जसको कारण उनको मृत्यु भएको दाबी स्थानीयको छ ।