• एउटै दृष्टि, भिन्न कोण
  • Search

मात्र हिँडिरहेको छु – सरगम

२०७६ जेष्ठ ७ गते मङ्गलवार
  • सरगम धिताल

मलाई थाहा छैन
हिँड्नुको अर्थ
हिँड्नु पर्ने वाद्यताको अर्थ
म हिँडिरहेको छु
मात्र हिँडिरहेको छु

एकैतिरको बाटो छ त्यहाँ
अत्यन्त साँघुरो छ
न त सुरु छ न त अन्त्य
मन लागे पनि नलागे पनि
हिँडि रहनुपर्ने वाद्यता
म दगुर्न पनि सक्दिनँ
किनकि त्यहाँ दगुर्न निषेध गरेको छ
मात्र हिँडिरहेको छु

त्यहाँ चिप्लो र अप्ठ्यारो छ
लड्न र लडाउन सक्ने नियमहरू छन्
रपनि लड्न हुन्न
लडे उठ्न सक्ने प्रतिबन्ध छैन
यत्रतत्र आफूलाई सम्हाली
हिँडिरहेको छु
मात्र हिँडिरहेको छु

हिँड्दाहिँड्दै थकाइले सीमा नाघ्छ
केही शब्द बोल्न मन लाग्छ
सपना
भावना
कामना
चाहना
खोलिदिन मन लाग्छ
त्यहाँ बोल्नेलाई हातगडीको
व्यवस्था मालाइएको छ
त्यसैले म मुखमा बूजो हाली
चुपचाप हिँडिरहेको छु
मात्र हिँडिरहेको छु

म अनभिज्ञ छु
म अज्ञान छु
म अजान छु
सबै विषयमा
नहिँडि रोकिदिँदा पनि
पछिबाट धकेल्न आइपुग्छन्
फटाफट हिँडिदिँदा पनि
अगिबाट रोक्न आइपुग्छन्
म अवाक छु
जिन्दगी मखुन्डोभित्र लुकेको छ
निषेधक भएको छ
स्वतन्त्रता लुटेको छ
रपनि म हिँडिरहेको छु
मात्र हिँडिरहेको छु

प्रतिक्रिया दिनुहोस