• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपाका जनप्रतिनिधि : जसका २ वटा नागरिकता छन, तरपनि सरकारले कारबाही गर्दैन !

२०७६ जेष्ठ १० गते शुक्रवार

राेल्पाकाे गंगादेब ( सुकिदह ) गाउँपालिका अध्यक्षका २ वटा नागरिकता छन । वीर बहादुर केसी र भिउँदे खत्रीका नामबाट जालसाजी गरेर उनले दाेस्राे नागरिकता लिएका छन् । उनकाे पहिलो नागरिकता भिउँदे खत्रीका नाममा छ । दाेस्राे नागरिकता भने साँइला भाईकाे नाममा लिएका हुन् । साँईला भाइ वीर बहादुरकाे मृत्युु भएपछि, साेहि नामकाे नागरिकता लिएकाे पुष्टि भइसकेको छ ।

ललितपुरकाे बिधि तथा बिज्ञान प्रयोगशालाले १ ब्यक्तिकाे नाममा २ वटा नागरिकता भएको पुष्टि गरेपनि, जिल्ला प्रशासन कार्यालय राेल्पा भने माैन रहेको छ । सत्ता पक्षकै जनप्रतिनिधि हुदाँपनि २ नगरिकता बनाउने अपराधीलाई कारबाही नभएकाे भन्दै संसदमा कांग्रेस नेतृ अनिता देबकाेटाले सरकारकाे ध्यानाकर्षण गराएकी थिइन । तर सरकारले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सानै उमेर देखि गाउँमा हुदा धेरै हिंसात्मक काण्डमा मुछिएका कारण भिउँदे खत्रीले दास्राे नागरिकता लिएको नेपाली कांग्रेस राेल्पाका नेता बताए । सरकारले नागरिकता जस्तो कुरा २ वटा बनाउने नेकपा कार्यक्रता समेत रहेका गाउँपालिका अध्यक्ष भिउँदे खत्रीलाई तुरुन्त कारबाही प्रकृया अघि बढाउन अनुरोध गरे ।

२ नागरिकता भएको पुष्टि भइसकेपछि जिल्ला प्रशासन कार्यालय, उनकाे दाेस्राे नागरिकता बीरबहादुर रद्ध गर्नुपर्ने हुन्छ । यस्तो हुदा उनी नागरिकता ऐन अन्तरगत जेल जान र जरिवानामा पनि पर्छ सक्छन् । उनकाे गाउँपालिका अध्यक्षकाे पद भने स्वत जानेछ । तरपनि प्रमुख जिल्ला अधिकारी राजनीतिक प्रभाव परेर अपराध र अपराधी जाेगाउने काम गरेकाे पुर्बमन्त्री अमरसिंह पुनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस