• एउटै दृष्टि, भिन्न कोण
  • Search

किशोर श्रेष्ठको जनआस्था पत्रिका बिरुद्ध विज्ञप्ति !

२०७६ जेष्ठ १० गते शुक्रवार

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ। जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीको बाढी’ शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा समाचारमा मुछिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विज्ञप्ति निकालेका हुन्।

समाचारमा प्रहरी परिसर टेकुका डिएसपी सन्तोष तामाङको भनाइ पनि नराखिएको अर्यालले जनाएका छन्।

श्रेष्ठले भने, उजुरी आयो भने ठीक छ। त्यसको कानुनी उपचार त गर्नैपर्छ। मेरो उपस्थिति नभएको बैठकले निर्णय गर्छ। उनले जनआस्थाले छापेको समाचार भने सही भएको दावी गरे। ‘हाम्रोमा कुरा गर्दा समाचार सही छ भन्ने छ,’ उनले भने, ‘कल डिटेलहरु हेरे थाहा भइहाल्छ नि !

आफ्नो पत्रिकाविरुद्ध उजुरी परेमा उक्त बैठकमा आफू बस्न नमिल्ने उनले बताए। ‘समाचारबारे उजुरी पर्‍यो भने कानुनी प्रक्रियामा जान्छ, उनले भने।

सेतोपाटी

प्रतिक्रिया दिनुहोस