पश्चिम नवलपरासीको सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बले दसगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरेको अस्थायी पोष्ट सशस्त्र प्रहरीले हटाएको छ। सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दसगजा क्षेत्रको बीच भागमा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको थियो। पोष्ट हटाउनका लागि सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. २६ ले भारतीय एसएसबीसँग संवाद अघि बढाएको थियो ।
२०८३ बैशाख ९ गते बुधवार

