निर्मल भट्टराई । गजल
खुर्क तिम्रा विचार अब ल्येउ लागि सके
तिम्ले भन्ने गरेका जात-पात र छुवाछुत भागि सके ।
तिमी घुमिराछौ भाैतिक दुनियाँमा पैसा तिर
अन्धकार ,अनि अागाेसरि पाेल्ने कलिकाे माया म त्यागि सके ।
तिमी छाै अध्यारोमै कमि छ मात्र प्रकाशकाे
हेर मलाई जे छ खुसी छु मनकाे दीया त मैले बाली सके ।
शान्त ,सुन्दर त्यो बादल पारीकाे देशकाे खाेजीमा
असत्य अनि कुमार्गकाे बाटो पहिल्यै म फाली सके ।
बर्मा