• एउटै दृष्टि, भिन्न कोण
  • Search

तिम्रा र मेरा पाइलाहरु !

२०७६ जेष्ठ २० गते सोमवार
  • जीवन थापा

`म´ छु
तिमी छाैँ
तिमी र म छाैँ
तब पो याे संसार छ
कहिल्यै खुसी छाैँ
कुनै दिन हास्छाैँ

कुनै दिन रून्छाै
त्यसैले त हामी
मानिस भनेर चिनिन्छाै
कहिल्यै उक्काली
कहिल्यै अाेराली
दिन,रात पसिना बगिराछ
त्यसैले त जिन्दगीका
तिम्रा र मेरा पाइलाहरू
कहिल्यै वारि
कहिल्यै पारि
कहिल्यै काडाँ घारी

कहिल्यै फूलबारी बनेर
संसारिक माेह माया र
दुःख ,कष्टमा घुनिराछ
तिमी र म
म र तिमी
दुनियाँ भर घुमिराछाै
त्यसैले त दुनियाँ
कायम भएर अडिराछ

म्यानमार

प्रतिक्रिया दिनुहोस