निर्मल भट्टराई । गजल
पुर्खाहरुकाे इतिहास मिलेर गाउँनु पर्छ
इद तिहार र ढढिन्चुट सबै मनाउनु पर्छ ।
हामी मिले के हुन सक्दैन र मेरा साथि हाे
समाज सुधार्न युवा संगठनमा अाउनु पर्छ ।
बिर्सिसक्याैं बाबु बाजेले दिएकाे बलिदान
नविन, लक्ष्मण र बहादुर भई उदाउनु पर्छ ।
हिजाेलाई भुले भाेलिकाे के रहला र अस्तित्व
युवालाई जस्तै प्राैढलाई पनि मनपराउनु पर्छ ।
सहास अनि धैर्यकाे प्रतिद्वन्द्विता चल्याे भने ।
हामीले धैर्यलाई नै अगडि बढाउनुु पर्छ
फाेटाे खिचिएकाे छ सम्मान दिएकाे छ यहाँ
यस सभालाई सम्मान सभा बनाउनु पर्छ ।
बर्मा

