• एउटै दृष्टि, भिन्न कोण
  • Search

विद्यार्थी कुट्ने शिक्षिका प्रहरीको नियन्त्रणमा

२०७६ जेष्ठ २१ गते मङ्गलवार

रोल्पा,  । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एउटा विद्यालयकी शिक्षिकाको कुटाईबाट १४ विद्यार्थी घाइते भएका छन् ।
गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएको हुन् । उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य ९ जना विद्यार्थीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाचिएकोले प्लास्टर गरिएको छ । यस्तै शिक्षिकाको कुटाइबाटै कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन् ।
विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिका पुनले भाचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध प्रहार गरेको पीडित विद्यार्थीहरुको भनाई छ । शिक्षिकाले हान्दा आफूहरु रोइकराई गर्दापनि अन्य शिक्षकशिक्षिकाहरु भने अफिसतर्फ दौडिएको विद्यार्थीहरुले बताएका छन् ।
घटना जेठ १२ गतेको भएता पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो । शिक्षिका पुनलाई अहिले प्रहरीले नियन्त्रमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस