- लक्ष्मण पौड्याल
तिम्रो निकेतनको आँगनमा
छट्पटिएर
अन्तिम दिनको कामना गर्दै
तिमीलाई नै पर्खिएको छ
शिथिल भएको मेरो देहले
गुन्जिएको छ ध्वनि
पड्किएको छ गगन
असिनाका बरफहरूले
कुट्दैछन् मलाई
तिमी खुसीका साथ नाच्दै छ्यौ
देखेर मेरो हबिगत हाँस्दै छ्यौ
म दुई थोपा आँसु झार्दै
तिम्रो आगमनको
प्रतीक्षा गर्दै छु
ज्यादै टाढापनि हैन
तिम्रो सदनको आँगनमा
सर्दै छु
अड्किन लागेको प्राणमा
प्यासले आकुल भएको छु
देख्नेहरूले त मलाई
पागल भन्दै छन्
जो मेरो शरीरप्रति
अपहेलन गर्दै छन्
म पुकार्दै दैवलाई
आफ्नो व्यथा सुनाउँछु
तिमीसंग बितेका जीवनका
कथा सुनाउँछु
जो तिम्रो आगमनमा बसेको प्राण
सुस्क सुस्क गर्दै
छोडेर मलाई
पवनको बताससंग
चलिएर जान्छ
– म्यान्मार