• एउटै दृष्टि, भिन्न कोण
  • Search

म कसरी बाँचौँ !

२०७६ साउन १७ गते शुक्रवार

यादहरूले बारम्बार सताइ रहन्छन्
भावनामा तिम्रा चित्रहरू राखेर
छट्पटिरहेको यो देश
व्याकुल छ आज
तिमीदेखि धेरै टाढा हुँदा

खै!कसरी तिम्रो नजिक भएँ
आफैँलाई बोध छैन प्रिय
आज यस्तो अवस्थामा रहेकोछु
लाग्छ मृत्युको पर्खाइमा बसेकोछु

डुब्न लागेको सूर्यसंगै
मेरो अवस्थापनि डुब्दै छ
अब प्रकाशको कुनै विकल्प रहेन
छोडि जाने तिम्रो कुनै भर रहेन

कसरी बताउँन सक्छु होला र म
हरेक तन्तुमा तिम्रो नाम छ भनेर
अब अन्तमी चोटी भेट्न आइ देऊ
अनि आफैँ बोध हुने छ प्रिय
यो हृदयमा प्यार कति छ भनेर

आज यो संसारपनि अनौठो लाग्छ
तिमी नै मेरो सामु नभएपछि
ती योजनाहरू अब म के?गरौँ
कुन स्थलोमा लगेर छरौँ
मृत्युको पर्खाइमा बसेको देहलाई
कस्ता शब्दरू प्रयोग गरेर
सम्झौता दिलाऔँ प्रिय

बस!अब तिमी आउने नै पर्छ
यो हृदयले तिम्लाई प्यार गर्छ
नत्र भने मृत्युको पर्खाइमा बसेर
अन्तिम प्राणको अपेक्षाले मर्छ

– म्यानमार

प्रतिक्रिया दिनुहोस