• एउटै दृष्टि, भिन्न कोण
  • Search

रबि लामिछानेलाई फसाउने सपना नदेखे हुन्छ !

२०७६ भाद्र ३ गते मङ्गलवार

रबि लामिछाने जनताका लागि भगवान नै हुन् । भ्रष्टाचारी, गुण्डा र अपराधीहरु लागि काल बनेर आएका नेपाली जनताका प्रिय पत्रकारलाई यतिबेला फसाएर जेलमा कोच्ने प्रयास भैरहेको छ । यो कार्य कदापी जनताका मान्य छैन ।

पैसावाला र अगाडी ठुलै नेताको पहुच भएको माच्छे नेपालमा खुलेआम अपराधिक कृयाकलापमा जोडिएका छन् । यी सबैलाई तह लगाउने माध्यम भनेको सिधा कुरा जनतासंग मात्रै थियो र छ पनि ।

यदि हाम्रो देशमा गरिव र नेपाली जन्ताहरूको लागी कानुन भैदिएको भए अहिलेसम्म दरवार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्ड, निर्मल पन्त हत्याराकाण्ड किन पत्ता लागेन ? हो यी यी कारणले गर्दापनि सरकार र प्रहरी प्रसाशनप्रति जनताको बिस्वास पटक्कै छैनन् ।
रबि दाई तपाईको सपोर्टको लागी गरिव जनताहरूले आवाज उठाईरहेका छौं तर गरिव जनताहरूको आवाज कस्ले सुन्छ र ? हामीहरु तपाईको समर्थनका लागि र सत्यको पक्षमा सधै बोलने छौं ।

गणेश सिंह पुजारा

प्रतिक्रिया दिनुहोस