• एउटै दृष्टि, भिन्न कोण
  • Search

हिरासतभित्र कोही पनि असुरक्षित हुँदैन !

२०७६ भाद्र ७ गते शनिवार

काठमाडौँ । नेपाल प्रहरी प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने बताएका छन् । रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुने जाने क्रममा आकस्मिक रुपमा चितवन प्रहरी कार्यालयमा पुगेका आईजीपी खनालले प्रहरी कार्यालय तथा हिरासत कक्षको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका थुनुवालाई भेट गरेका थिए । भेटका क्रममा आईजीपी रवि लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने र अनुसन्धानमा सघाउन लामिछानेलाई आग्रह गरेको  नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी उत्तमराज जोशीले जानकारी दिए ।

‘प्रहरी हिरासतमा कोही पनि असुरक्षित हुँदैन । कानुनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुन्छ’, खनालले भने, ‘नेपाल प्रहरी कुनै पनि कुरामा आग्रह र पूर्वाग्रह नभएर आफ्नो कतर्व्य पालनामा प्रतिबद्ध छ । यसअघि रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए । श्रीमती निकिता पौडेलको फेसबुकमार्फत रविले यस्तो कुरा बताएका थिए ।

माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम जोडिएपछि साउन ३० गते न्युज २४ का रवि लामिछाने र युवराज कँडेल र एक युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दुई पटक गरेर १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । लामिछानेसहित तीनै जनलाई आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराइदैछ ।

प्रतिक्रिया दिनुहोस