कालीमाटीमा मान्छेलाई हानेर भागेको रागाँलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली हानेर मारेको छ ।
मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा सडकमा निस्किएर चारजनालाई हानेर घाइते बनाएको थियो ।
मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।
घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको सुवेदीले बताए । उनीहरुको अवस्था सामान्य रहेको छ ।