नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवासंघ र नेविसंघका केन्द्रीय सदस्यद्धय बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार युवासंघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल बलात्कार अभियोगमा पक्राउ गरिएको हो । उनलाई ललितपुर प्रहरीले बलात्कार अभियोगमा ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरेको हो । पोखरेल भैसेपाटी बस्छन् तर युवासंघले भने पोखरेल आफ्नो संगठनको सदस्य नरहेको बताएको छ ।
युवासंघका नेता प्रभातबिक्रम कटवालका अनुसार युवासंघ केन्द्रीय सदस्यमा सन्देश शर्मा पोखरेल नाम गरेका व्यक्ति नभएको बताए ।