- निर्मल खराल
म्यानमार । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, याँगौँ शाखाको वार्षिक अधिवेशन सम्पन्न भएको छ । नन्द न्यौपाने धर्मशाला, याँगौँमा सम्पन्न भएको २९ औँ वार्षिक अधिवेशनमा, सँस्कृत स्नातक संघ म्यान्मारको अक्षयकोष स्थापना गर्नका लागि समाजसेवीहरुले आर्थिक सहयोग गरेको अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, याँगौँ शाखाले जानकारी दिएको छ ।
समारोहमा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सघंका केन्द्रीय अध्यक्ष सागर घिमिरे र उनकी श्रीमती गोमादेवी घिमिरेले सँस्कृत स्नातक संघ, म्यान्माको अक्षयकोषका लागि पाँच लाख (च्याट) दान गरेका हुन् ।
उक्त वार्षिक अधिवेशनमा अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने संघका केन्द्रीय अध्यक्ष घिमिरे परिवारलाई अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, याँगौँ शाखाले धन्यवाद ब्यक्त गरेको छ ।