• एउटै दृष्टि, भिन्न कोण
  • Search

रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : रविन्द्र मिश्र

२०७७ जेष्ठ १३ गते मङ्गलवार

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएकाे बताएका छन् । सो घटनामा थप पाँच जना बेपत्ता भएको र पाँच जना घाइते भएको बताइएको छ।

मिश्रले म‌ंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्. ‘सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेकाे त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ।’

विज्ञप्तिमा छुवाछुत तथा जातीय विभेदविरुद्ध शुन्य सहनशीलतामा विश्वास गर्दछ र आफ्ना सदस्यहरु लगायत आम सर्वसाधारणलाई अग्रपंक्तिमा रहेर विभेदविरुद्ध काम गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस