• एउटै दृष्टि, भिन्न कोण
  • Search

चट्याङ लागेर बालिकाको मृत्यु

सुनसरी २०७७ भाद्र ३१ गते बुधवार

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन्। 

मङ्गलबार खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन्। उनको घाइते उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस