• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाका थप २ जनामा देखियो कोरोना संक्रमण

रोल्पा २०७७ असोज १ गते बिहिवार

रोल्पामा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। थबाङ गाउँपालिकामा कार्यरत २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको गाउँपालिका स्रोतले बताएको छ।

गाउँपालिकाको ३ र ४ नम्बर वडामा कार्यरत स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस देखिएको छ। संक्रमण पुष्टि हुनेमा २६ वर्षीय स्वास्थ्यकर्मी र २८ वर्षीय प्रहरी रहेका छन्।

बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ९१ जनाको पिसिआर परिक्षण गरिएको थियो। ती मध्ये २ जनाको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले जानकारी दिनुभयो।

स्वास्थ्य शाखा संयोजक पुनका अनुसार १ सय ७ जनाको स्वाव संकलन गत शनिबार गरिएको थियो। तर, १६ जनाको रिर्पोट आउन बाँकी रहेको र संक्रमित दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कोरोना रिर्पोट पोजेटिभ आएका दुबै जनालाई लिबाङ स्थित अस्थायी आइसोलेसन केन्द्रमा पठाउने तयारी भइरहेको थबाङ गाउँपालिका अध्यक्ष बीर बहादुर घर्तीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस