• एउटै दृष्टि, भिन्न कोण
  • Search

पर्साका थप १७ जनामा कोरोना संक्रमण

पर्सा २०७७ असोज १ गते बिहिवार

पर्साका थप १७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालमा २९० जनाको स्वाब परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमण पुष्टि भएकामा वीरगञ्ज महानगरपालिकाका १०, पोखरिया नगरपालिकाका दुई, पर्सागढी र बहुदरमाइ नगरपालिका एक–एक रहेका छन्।

यता जिराभवानी गाउँपालिका, बिन्दवासिनी र सखुवा प्रसौनीका एक–एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

 यसैगरी बारा र रौतहट जिल्लाका एक–एकजनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस