• एउटै दृष्टि, भिन्न कोण
  • Search

डोल्पामा वडा अध्यक्ष सहित ४ जनामा कोरोना स‌ंक्रमण

डोल्पा २०७७ असोज १ गते बिहिवार

हिमाली जिल्ला डोल्पामा एक जना वडा अध्यक्ष सहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।
मुड्केचुला गाउँपालिका डोल्पाका वडा अध्यक्ष र अन्य एक जना र जिल्ला बाहिरबाट काम बिशेषले डोल्पा आएका दुई जना गरेर जम्मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

गाउँपालिकामा टावर निर्माणका लागि नेपालगञ्जबाट आएका एक जना र एक जना दिदि पुर्याउनका लागि जाजरकोटबाट डोल्पा आएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।
दुई जना गाउँपालिकामै बसेका नागरिक पनि संक्रमित भएको बताइएको छ ।


संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको र छुट्टै आईसोलेसन बनाएर राख्ने तयारी भइरहेको छ ।संक्रमित चार जना मध्ये एक जना त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने खदाङ्ग क्वारेन्टाइनमा राखिएको र दुई जना रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी क्वारेन्टाइनमा राखिएको छ । भने वडा अध्यक्ष काम विशेषले सुर्खेतमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।


कोरोना पोजेटिभ देखिएका सबैको कन्ट्याक ट्रेसिङ गरि सम्पर्कमा रहेका सबैलाई पहिचाहन गरेर परिक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।केही दिन अघि स्वाब संकलन गरेर परीक्षण गराउदा कोराना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

यस अघिसम्म हिमालि जिल्ला डोल्पा कोरोना संक्रमणमुक्त थियो ।

प्रतिक्रिया दिनुहोस