रोल्पा नगरपालिकाले नगरपालिका ८ जंकोटको बाढी र पहिरोको क्षति अनुगमन गरेको छ ।

संविधान दिवसका अवसरमा बिपद् मा परेका जिल्ला बासी नागरिकलाई प्रदेश सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ , जि.स.स. प्रमुख राजबहादुर बुढा, नगर प्रमुख पुर्ण के.सी., प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर, नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल जिल्ला स्थित सुरक्षा निकाय तथा विभिन्न कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
भिषण बर्षा सगै आएको पहिरो बाट पुर्याएको क्षतिको बारेमा पिडितहरुसंग भेटघाट गरि छलफल गरिएको हो । पहिरो बाट पुर्यायको क्षतिको विषयमा छिट्टै समाधानको उपाए तथा विकल्प खोजिने भेटघाटमा सहभागीले बताइएका छन ।