• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोरोना संक्रमित भेटिएपछि रोल्पाको गंगादेव गाउँपालिका सिल

रोल्पा २०७७ असोज ४ गते आइतवार

रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ । गाउँपालिका बाट ३५ जनाको पि.सी.आर (PCR) गरिएकोमा ८ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछी आइतबार गाउँपालिकाको आकस्मिक बैठकले आजै (आइताबार) बाट लागु हुनेगरी एक सातासम्म गाउँपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

संक्रमण पुष्टी हुनेहरु वडा नम्बर २ का वर्ष १८ र २२ का पुरुष , वडा नम्बर ४ का वर्ष २८ ,३२ का पुरुष र वर्ष २२ का महिला , वडा नम्बर ५ का वर्ष ४५ का पुरुष, वडा नम्बर ७ का बर्ष ३९ का महिला र बर्ष ४७ का पुरुष रहेका छन् ।

संक्रमण पुष्टी भएका ८ जना भारत बाट आएर गाउपलिकको क्वारेन्टाइन बसेका थिए । संक्रमण पुष्टी भएका आठै जना अन्य कुनै व्यक्तिको सम्पर्कमा नरहेको र अहिले पनि उनीहरु क्वारेन्टाइ मा नै रहेका छन ।

उनीहरुलाई आइसुलेन लिवाङ पठाउने तयारी गरिएको गंगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिलाई उद्रित गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस