• एउटै दृष्टि, भिन्न कोण
  • Search

दार्मा गाउँपालिकामा युवाहरूले बुझाए ज्ञापनपत्र

सल्यान २०७७ असोज ५ गते सोमवार

दार्मा गाउँपालिका वडा नम्बर पाँचका युवाहरुले वडा अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । स्थानीय युवा व्यवसायी चन्द्रबहादुर खडकाको अध्यक्षतामा गठन भएको सल्यानको दार्मा गाउपालिका वडा नम्बर ५ को विकास संघर्ष समितिले वडामा बिभिन्न मागहरु गर्दै ज्ञापन पत्र बुझाएको हो ।

विकास निर्माणका कामहरु गर्दा समेत राजनैतिक विभेद भएको भन्दै कुनै पनि ठाउमा हुने विकासमा अन्याय र असमानता हुन नदिनकै लागी आाफुहरु संगठित भएको युवा चन्द्रबहादुर खड्काले बताए ।

यससँगै युवा चन्द्र बहादुर खड्काको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा कार्यालयले जग्गाको माग राखि कोटेशन खोलेको र त्यसमा आफूहरुले नौ लाखको जग्गा किनेर उपलब्ध गराउँदा समेत वडाले त्यस सम्बन्धि निणर्य नै नगरेर बर्षौँ जग्गा बाँझो राख्न बाध्य भएकोले अबको दस दिन भित्र सो बारेमा निणर्य नभए चरणवद्द संघर्षमा जाने अध्यक्ष चन्द्र खडकाले बताएका छन् ।

पछिल्लो समय गाउँगाउँमा युवाहरुले क्लबहरु खोल्दै परिवर्तनको आशा राख्न थालेका छन । साथै स्थानीय सरकारलाई नागरिकसँग जोड्न युवाहरुले गाउँ गाउँमा संघर्ष गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस