गंगादेव गाउपालिका रोल्पामा शिक्षाण सिकाइलाइ असोज १८ गते देखि नियमित सन्चालन गरिने भएको छ । गंगादेव गाउपालिका कार्यालयमा आज बसेको कार्यपालिका बैठकले शिक्षण सिकाइ क्रियाकलापलाइ बन्द गर्न नहुने निर्णयमा पुगेको हाे।
काेभिड-१९ काे कारण लामो समय सम्म बालवालिकाहरु शिक्षा लिन बाट बन्चित भएकोमा अवका दिनमा पठनपाठन सुचारु हुने भएको छ । गाँउपालिमा अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता बसेको बैठकले कोभिड १९ को कारण बन्द रहेका गाउपालिका भित्रका सबै विद्यालय असोज १८ बाट सन्चालन गर्ने निर्णय समेत गरिएको छ ।
बिद्यालयमा शिक्षण सिकाइलाइ ब्यवस्थित गर्न सामाजिक दुरी कायम गर्ने, सानिटाइजर प्रयोग, मास्कको प्रयोग, बिद्यालयमा प्रबेश गर्दा अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने बिषयमा समेत सहजिकरण गर्ने निर्णय गरेको छ ।
बैठकमा गाउपालिका उपाध्यक्ष रिता घर्ती, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुखकाे सहभागिता रहेको थियो ।