• एउटै दृष्टि, भिन्न कोण
  • Search

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु

पर्सा २०७७ असोज १२ गते सोमवार

पर्सा जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

उनकाे  उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए। 

जगरनाथपुर गाउँपालिकाका ९ जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका २ जना कार्यालय सहयोगिमा संक्रमण पुष्टि भएकोमा त्यसमध्ये साहको मृत्यु भएको हो।  

उनीहरुकाे भदौ १ गते रिपोर्ट आएकाे थियाे। 

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार रामशिकिल साहलाई पर्सामै काम गर्ने दौरान संक्रमण लागेको आँकलन गरिएको छ।  

१० दिन अगाडि जनकपुरबाट काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार बिहान करिब साढे ८ बजे मृत्यु भएको मृतकका ज्वाई सन्तोष साहले बताए।  

ज्वरो र रुघा लागेका उनको जनकपुरमा पिसिआर जाँचमा संक्रमण पुष्टि भएपछि त्यहाँ नै कोरोना अस्पतालमा भर्ना गरिएको थियो।  

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई काठमाडौं पठाइएको थियो।  

काठमाडौंमै नेपाली सेनाको टोलीले आर्यघाटमा उनको अन्त्येष्टि गर्न लागेको ज्वाई सन्तोषले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस