मुख्यमन्त्री शंकर पोखरेल सवार चढेको गाडीमाथि आन्दोलनकारीले बुटवलमा ढुंगा प्रहार गरेका छन्।
बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार गाडीका साथै उनको स्कर्टिङमा रहेका प्रहरीका दुई गाडीमा क्षति पुगेको छ। स्कर्टिङमा रहेका प्रहरीको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ।
मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति भएको छ। शनिबार काठमाडौं गएका मुख्यमन्त्री पोखरेल आइतवार साँझ गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किँदै थिए।
ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही विद्यार्थी नेताहरुलाई प्रक्राउ गरेको छ। आइतबार नेपाली कांग्रेसले रुपन्देही बन्दको आब्हान गरेको थियो।