• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुली गाउँपालिकामा डोजर/स्काभेटर बिनै योजनाको काम गर्नु पर्ने

दाङ २०७७ असोज २७ गते मङ्गलवार

दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानियहरुलाई श्रमलगाई योजना सम्पन्न गर्ने रणनिति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनुभयो।

श्रममा आधारीत योजनाले कोभिड-१९का कारण गाउँघरमा रहेका वेरोजगार जनशक्तिले रोजगार पाउने र उनिहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताउनुभयो । अब बंगलाचुलीकाका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर/स्काभेटर बिनै काम गर्नुपर्नेछ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर/स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनुभयो ।

जसका लागि गाउँपालिकाद्वारा उपभोक्त समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गर्ने काम भईरहेको छ । गाउँपालिकाले मंगलबार वडा नंम्वर १ देखि ६ नम्बर वडा सम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारीत योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको छ ।

मंगलबार वडा नम्बर १ र २ को स्यूजामा, ३ र ४ को कमिरेचौरमा वडा नम्वर ५ र ६ को झेलनेटामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भने वडा नम्वर ७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई भोलि योजना संचालन तथा सम्पन्न गर्ने विषयमा प्रशिक्षित गरिने छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानिय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना संचालन गरेको बताउनु भयो ।अध्यक्ष वलीले गाउँपालिकाको विकास संग-सङ्गै वेरोजगार जनशक्तिले रोजगार समेत पाउने हुँदा सबैले उत्साहपूर्ण तरिकाले श्रममा आधारित योजनाको काममा सहभागि हुन अपिल समेत गर्नु भएको छ ।

अभिमुखिकरण कार्यक्रमको व्यवस्थापन तथा संचालन लेखा अधिकृत नारायण प्रसाद आचार्य, प्रशासन प्रमुख गोपाल केसी, योजना अधिकृत विपिन खनाल, ईन्जिनियर विकेश न्यौपाने, सवईन्जिनियर शक्तिसिँह जिसी, सहायक कम्युटर अपरेटर प्रेम डाँगी लगाएतले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न योजनाका उपभोक्त समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस