गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिरबहादुर खत्री सोही गाँउपालिका वडा नं ५ बस्ने तिलबहादुर खत्री बिच भएको बिवादमा नेपाली काग्रेसको धारना प्रेस बिज्ञप्ति जारी गर्दै सार्वजानिक गरेको छ । नेपालि काग्रेस गंगादेव गाँउ कार्य समिती तथा छाँया सरकार प्रमुख हरी बहादुर पुन द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मा गाँउपालिका अध्यक्षले नेपाली काग्रेस क्रियासिल सदस्य समेत रहेका तिलबहादुर खत्रीलाइ रक्सी सेवन गरि मार्छु भन्दै कुटपिट गरेको बताइएको छ ।
तिलबहादुर खत्रिले न्याय माग्दै प्रहरी कार्यालय समक्ष उजुरी समेत दर्ता गरिएको र निश्पक्ष छानविनकोलागि अपिल समेत गरेको छ । छानविनलाइ प्रभाव पार्न खोजे त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी गाँउपालिका कार्यालय हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
गंगादेव छाँया सरकार प्रमुख हरी बहादुर पुन द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति यस्तो छ ।

उता गाँउपालिका अध्यक्षाको सचिवालयले प्रेस विज्ञप्ति जारि गर्दै गाउपालिका अध्यक्ष र तिल बहादुर खत्री बिच सामान्य धरपकड भएको गाँउपालिका प्रेस संयोजकले बताएका छन । यस विषयलाइ अतिरन्जित नवनाउन सबैमा अपिल समेत गरेका छन ।