• एउटै दृष्टि, भिन्न कोण
  • Search

के हो गंगादेव गाँउपालिका अध्यक्ष सँग भएको बिवाद ? हेर्नुहाेस पुरा प्रेस बिज्ञप्ति- मुद्दा सहित सहित

राेल्पा २०७७ असोज २९ गते बिहिवार

गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिरबहादुर खत्री सोही गाँउपालिका वडा नं ५ बस्ने तिलबहादुर खत्री बिच भएको बिवाद बिषयमा बक्तब्य बाजि सुरु भएको छ।

 नेपालि काग्रेस गंगादेव गाँउ इकाइ कमिटीले प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै गाँउपालिका अध्यक्षले नेपाली काग्रेस क्रियासिल सदस्य समेत रहेका तिलबहादुर खत्रीलाइ रक्सी सेवन गरि मार्छु भन्दै कुटपिट गरेको बताइएको छ ।

तिलबहादुर खत्रिले न्याय माग्दै प्रहरी कार्यालय समक्ष उजुरी समेत दर्ता गरिएको र निश्पक्ष छानविनकोलागि अपिल समेत गरेको छ । छानविनलाइ प्रभाव पार्न खोजे त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी गाँउपालिका कार्यालय हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उता गाँउपालिका अध्यक्षाको सचिवालयले गाउपालिका अध्यक्ष र तिल बहादुर खत्री बिच सामान्य धरपकड भएको गाँउपालिका प्रेस संयोजक अशोक वली ले प्रेस बिज्ञप्ति जारी गर्दै बताएका छन । प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार  गाँउपालिकाको सिमखोलामा रहेको प्रहरी चौकी सार्ने निर्णय बिरुद्दमा बोलेका तिलबहादुर खत्री र अध्यक्ष विच बिवाद सरु भएको थियो ।

यही विषयमा गाउपालिका अध्यक्ष र तिल बहादुर खत्री बिच सामान्य धरपकड भएको गाँउपालिका प्रेस संयोजकले जानकारी दिएका छन । सामान्य धरपकडका क्रममा तिलबहादुर खत्रीले खाली बियरको बोत्तलले गाउपालिका अध्यक्षको खुट्टामा प्रहार गरेको र सिसाले गाँउपालिका अध्यक्ष खुट्टामा सामान्य घाउ चोट लागेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुबै प्रेस बिज्ञप्तिमा बिवाद भएको समय भने फरक उल्लेख गरिएको छ । प्रत्यक्षदर्शिले दिएको जानकारी अनुसार गाँउपालीका अध्यक्षको खुट्टामा चोट लागेको छ भने तिलबहादुर खत्रीको  आँखा र अनुहारमा चोट लागेको बताएका छन । पिडित भनिने तिलबहादुर खत्रीले स्थानिय प्रहरीमा उजुरी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस