• एउटै दृष्टि, भिन्न कोण
  • Search

सुनिलसमृति गाँउपालिकामा आयोजना निर्माण पूर्ब अभिमुखिकरण

रोल्पा २०७७ असोज २९ गते बिहिवार

सुनछहरी गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरु लाई आयोजना कार्यान्वयन तथा संचालन सम्बन्धि पूर्व अभिमुखिकरण गरिएको छ । सुनछहरी गाउँपालिका का सबै वडामा असोज २१ देखि सुरु भएको अभिमुखिकरण २८ गते सम्पन्न भएको छ ।  

गाउँपालिकाको नयाँ १०२ वटा योजनाको उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लाइ अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा ७१४ जना तालिममा सहभागी भएका थिए। तालिममा प्रशासनीक कागजात, लेखा सम्बन्धि बिषय र प्राबिधिक नाप जाँसपास बिषयमा सहभागीहरु लाई सहजिकरण गरिएको थियो ।

गाँउपालिका भित्र संचालन हुने आयोजनाहरुलाइ चुस्त, दुरुस्त र पार्दर्शि बनाउन योजना निर्माण पूर्ब प्रशिक्षण गाउँपालिकाका कर्मचारीहरु मार्फत संचालन गिरएको गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगरले बताउनु भयो । कार्तिक १५ भित्र प्राबिधिक लागत स्टेमेट र योजना सम्झौता गरिसक्ने र तिहार लगत्तै योजनाहरु कार्यान्वयन प्रक्रियामा जाने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस