• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिद्यालयमा आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काभ्रेपलाञ्चोेक २०७७ असोज २९ गते बिहिवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरुलाई मर्मतका लागि प्राप्त रु सात लाख ८४ हजार ४४६ बराबरको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।

आयोगले सो गाँउपालिकाका इञ्जिनीयर निर्मल लामा, हिमालयन माविका प्रधानाध्यापक बोधनाथ उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले कामै नगरी सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको जनाएको छ 

प्रतिक्रिया दिनुहोस