रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ लापालवासी को विजुलीबत्ती बाल्ने सपना पुरा भएको छ । वर्षौ देखि अध्यारोमा आफ्नो जनजिवन बिताइरहेका लापालवासी भने अव बिजुली बत्ती को प्रयोग गर्न पाउने भएका छन् । बिद्युत प्रयोग गर्न पाएपछि स्थानिय सरकारको काम प्रति स्थानिय बासि खुसि भएका छन ।
प्रदेश सरकार, स्थाानिय सरकार, बिद्युत प्राधिकरण होलेरी रोल्पा र स्थानिय नागरिकको लामो समयको प्रयास पछि गाँउमा विजुली पुगाउन सम्भव भएको होलेरी नो लाईट सेवाका लिला दशौदी ले बताए ।
यस ठाउँमा बिद्युत सुचारु भए लगतै ३० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। वर्षौ देखी विजुलीबत्ती वाल्ने सपना पुरा भएको छ । स्थानिय लालसरी घर्ती भन्छिन स्थानिय सरकार लगायत सबैलाई मनै देखी धन्यावाद ब्यक्त गर्दछु हाम्रो उज्यालोमा बस्ने रहर पुरा भएको छ ।
बिद्दुत उदघाटन कार्यक्रममा प्रमुख अथिति समेत रहेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले स्वीच थिची बत्ती वालेर उद्घाटन गरे र जनता को खुसीकोलागी स्थानिय सरकार सदैव काम गर्न तयार रहेको कुरामा जोड दिएको बताए ।

होलेरी नो लाइट सेवाका इन्चार्ज मदन भण्डारीले यस क्षेत्रमा बिद्युत प्रसारण सेवा सुचारु भएकोले खुसी ब्यक्त गर्दै बिद्युत का पोल तथा तारहरु नछुन को लागी पनि सम्पुर्ण स्थानिय नागरिकहरु लाई अनुरोध गरेका छन । कार्यक्रममा वडा अध्यक्षऽ होलेरी नो लाईट सेवाका प्रतिनिधिहरु, नेपाल कम्युनिष्ट पार्टी प्रतिनिधि लगायत स्थानियबासिको उपस्थिीती रहेको थियो ।