• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपाबाट निर्वाचित जनप्रतिनिधिको पारा : मेयर कार्यालयको उद्घाटन गर्ने उपमेयर ढुंगा हान्ने

कैलाली २०७७ कार्तिक १ गते शनिवार

कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा ७, ५ र १२ ले आफ्नै भवन बनाए । भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् । उनिहरु पुर्व नेकपा एमाले बाट निर्वाचित भएकी थिइन ।

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’, ‘घोडाघोडी मेयर मुर्दावाद’, ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ भन्दै उनले नारा लगाइन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । र अन्त्यमा सबै भवनमा उपमेयरको पनि पनि राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस