• एउटै दृष्टि, भिन्न कोण
  • Search

जर्मन मगर समाजले गर्यो बाढी पीडितलाई ४ लाख बढी सहयोग

काठमाडौ २०७७ कार्तिक ३ गते सोमवार

गत असार २५ गत्ते म्याग्दीको धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा गएको बाढी पहिरोले धेरैलाई बिछोड बनायो त कतिलाई घरबार बिहिन बनायो । धेरैले यो सरदमा भित्राउने अनाज भित्राउन पाएनन भने, बर्षेनी संगै मनाउदै आएको यो दशै संगै मनाउन नपाउदा पिडाले विक्षिप्त भए ।

ति पिडाले विक्षिप्त भएका मनहरुलाई मलम पट्टि लगाउन बाढी पहिरोबाट प्रभावित ६८ घरपरिवारलाई जर्मन मगर समाज हाम्बर्गले आउँदै गरेको दशै खर्च स्वरुप कार्तिक १ गत्ते जर्मनि बाट जर्मन मगर समाज हाम्बर्गको प्रतिनिधित्व गरी दानु राना मगरले स्थलगत भिजिट गरी सहयोग गरेका छन । उनको टिमले चार लाख अठार हजार नगद र कोरोना महामारीबाट सुरक्षित रहन १ हजार पिस माक्स वितरण गरेको हो ।

सहयोग पाएपछि पिडितहरुको ओठमा मुस्कान छाएको छ यसरि सहयोग गरेको भन्दै उनीहरुले खुशी हुँदै पुष्प गुच्छा सहितको धन्यवाद दिएका थिए ।

पहिरोमा धवलागिरी गाउँपालिका ६ मरङ्गमा ३४ घर प्रभावित भएका थिए भने ९ परिवारमा २१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै मालिका गाउँपालिका ७ बिममा ३३ घरपरिवार प्रभावित भएका छन् भने चार परिवारमा नौ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस