गंगादेव गाँउपालिका वडा नं २ रमाइमा खानेपानीको समस्या रहेको भन्दै स्थानिय सरकारका प्रमुख गाँउपालिका अध्यक्ष लाइ ध्यानाकर्षण गराएका छन। शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुगेका गाँउपालिका अध्यक्ष बिर बहादुर खत्रिलाइ उक्त समस्या सुनाएका हुन ।
स्थानीय समुदायले हालसम्म पानीको समस्याले हाहाकार बेहोरिरहेको जनाउदै पानीको ब्यबस्थापन गरिदिन स्थानीय सरकारलाई अनुरोध गराएका थिए । रमाई गाउँमा एक वटा मात्रै रैथाने कुवा रहेको र उक्त कुवामा रहेको पानी लिन लाइनमा बस्नु पर्ने सरकार समक्ष गुनासो सुनाए।
बाह्र जथाक लेखबाट खाँदै आएको पानी वडा नं ३ का केहि व्यक्तिहरुले रोकी दिएपछि पानीको संकट भएको सुनाउदै, उक्त समस्या समाधानका लागि गाँउपालिकामा उजुरी दर्ता गर्दा समेत गाँउपालिकाबाट न्याय नपाएको उनीहरुको गुनासो थियो ।
स्थानीयबासीको गुनासो पछी गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीले पानीको ब्यबस्था गरिदिने आश्वासन दिएका थिए। भोगचलन गर्दै आएको बाह्र जथाकको पुरानो खानेपानीलाई यथावत संचालन गराइदिने प्रतिबद्दता समेत दिएका थिए । पानीको मुहान वा स्रोतको खोजि गरेर नयाँ खानीपानी योजनामा समेत सहयोग गर्ने अध्यक्ष खत्रीले बताएका थिए ।