• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा स्थानीय सरकारले मनपरि गरेको भन्दै कांग्रेस रोल्पा द्वारा आन्दोलन

रोल्पा २०७७ कार्तिक २१ गते शुक्रवार

स्थानीय सरकारले अनियमितता र मनपरि गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले शुक्रबार रोल्पामा आन्दोलन गरेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको बिरोध कार्यक्रम पार्टी कार्यालय भित्री बजार होलेरी देखि गाउँपालिकाको कार्यलय सेवाकेन्द्र हुँदै जुर्नेटा बजारमा कोणसभामा परिणत भएको थियो।भ्रष्टाचार विरुद्ध एक हौँ, नातावाद अन्त्य गर लगाएतका नारा सहित कांग्रेसे बिरोध तथा आन्दोलन सुरु गरेको हो ।

कार्यक्रममा छाया सरकार प्रमुख टेकबहादुर बस्नेत, नेपाली कांग्रेस जिल्ला कार्य समिति रोल्पाका सदस्य हरि पुन, नारायण खड्का नेपाल तरुणदल रोल्पा जिल्ला अध्यक्ष तिलक बुढाथोकी, नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुन लगाएत पाँच सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

यस अघि गत असोज २९ गते नेपाली कांग्रेस रुन्टीगढीले गाउँपालिका अध्यक्ष बालाराम बुढालाई २१ बुदे माग सहित ज्ञापन पत्र बुझाएको थियो। १५ दिने अल्टिमेटम सहित बुझाएको मागहरुलाई गाउँपालिकाले बेवास्ता गरेकाले आफुहरुले बिरोध प्रदर्सन गरेको रुन्टीगढी सभापति जनक पुनलेको भनाई रहेको छ । कोणसभामा बोल्दै सभापति पुनले स्थानीय सरकार गठन भएको तीन बर्ष बिति सक्दासम्म पनि स्थानीय सरकारले जनता पक्षमा कुनै पनि काम नगरेको आरोप लगाएका छन्।

गाउँपालिका भित्रका सडकहरू जिर्ण बनेको र सरकारले कतै पनि मर्मत नगरेको,जागिर दिने सवालमा नातेदार तथा कार्यकर्ता हेरेको, पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले विभिन्न खर्चिला कार्यक्रमहरु गरिसके पनि कुनै परिबर्तन नभएको र स्थानीय सरकार अनियमितता तिर अग्रसर रहेको सभापति पुनको आरोप रहेको छ । साथै स्थानिय सरकार जनताका आधारभुत आबश्यक्ता परिपुर्ति गर्ने कार्यमा नजुटे पछिल्ला दिनहरुमा आफुहरुले कडा रुपमा प्रदर्शनमा उत्रने उनको चेतावनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस