• एउटै दृष्टि, भिन्न कोण
  • Search

फाेहाेरी राजनीति र ध्वस्त गंगादेवका शिक्षालय !

रोल्पा २०७७ कार्तिक २२ गते शनिवार

समाज रुपान्तरणकाे पहिलो पाइला गुणस्तरीय शिक्षा हाे। तर, के गंगादेवका विद्यालयहरु पछिल्लो अाधुनिक शैक्षिक समाजमा टिक्ने विद्यार्थी उत्पादन गरिरहेका छन्? यहाँका राजनीतिक पार्टीका मानिसहरुले शैक्षिक क्षेत्रकाे सुधारका लागि फराकिलो बहस गरेकाे सुनेका छाैं। अह् पटक्कै सुनेका छैनाैं!

हामीलाई स्थानीय फाेहाेरी राजनीतिले थिचेकाे छ। गंगादेव राजनीतिक पार्टीहरुमा बैचारिक बहस शून्य र अार्थिक अनियमितताकाे नजर पहिला देख्नेहरुकाे ठुलै जमात छ्याप्छ्याप्ती छ। र, सधैं फाेहाेरी खेल खेलिरहन्छन्।

अबको बहस युवा नेतृत्व – पार्टी जाेसुकै हाेस्। गाउँपालिकाकाे नेतृत्व गर्ने मानिस २६ वर्ष मुनिकाे किन नखाेज्ने? हामी यी विकास बिराेधीहरुकै झाेला बाेक्ने कि विकसित समाजका बारेमा समेत फरक ढंगले साेच्ने? युवाहरु अब अाउँने चुनावमा “फ्रि”काे रक्सी, मासु, भात र टि-सर्ट बहिस्कार गराैं।

पार्टी जाेसुकै हाेस्। तर, उम्मेदवार २६ वर्ष मुनिकाे – सामाजिक रुपमा परिचित र राजनीति हिसाबले परिपक्व युवा हाेस्। अाट गराैं- परिवर्तन सम्भाव छ।

प्रतिक्रिया दिनुहोस